Friday, June 18

कोरोनाको महामारीमा धौलागिरी इनटरटेनमेन्टको राहत

May 13, 2021 90

                                                                               काठमान्डौ ,

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि सल्केको आगो झैँ फैलिरहेको छ! उधोग कलकारखाना रेस्टुरेन्ट होटल प्रायः सबै बन्द छन, सरकारले बिरामीलाई नै ब्यबस्थापन गर्न नसकेको अबस्थामा बाहिर जनताहरु रोगले भन्दा अनि भोकले मर्न पर्ने अर्को स्थीती पनि सृजना भएको छ, यही परिस्थितिलाई मध्यनजर गर्दै बिगतमा झैँ धौलागिरी इनटरटेनमेन्टले अपाङ्ग र दुख पाएका कलाकारहरुलाई राहत बितरण गरेको छ!
जापानमा कर्मभुमी बनाउदै आउनु भएका समाजसेवी कलाप्रेमी धौलागिरी इनटरटेनमेन्टका प्रबन्ध निर्देशक धन थापाको पहलमा भएको राहत बितरणमा जापान मै रहनु हुने नेपाली दाजु भाइहरु बिमल थापा, अमृत लिम्बू, नारी कडेल, सुरेश गुरुङ्ग, बिवेक लामा,हरी पाठक, सन्तोष गौतम, कृष्ण दासीकोट, होम परियारले पनि आर्थिक सहयोग गरि हातेमालो गर्नुभएको छ!
करीब एक लाख पचास हजार बराबरको राहत सहयोग गरिएको कार्यक्रम गायक सङ्गितकार कलाकार अर्जुन थापाले संयोजन गर्नु भएको छ भने ब्यबस्थापन गायिका शर्मिला कंडेल र गायक मुकेश पुलामी मगरले बिशेष सहयोग गर्नु भएको छ !
यो पहिले चरणको कार्यक्रम भएको र फेरि पोखरा लगायतका शहरहरुमा छिट्टै अर्को राहात बाडिने कुरा प्रबन्ध निर्देशक धन थापाले बताउनु भएको छ !
२८ जना दृष्टिबिहिन कलाकार लगायत अन्य २३ जना कलाकार गरि कुल ५१ जना कलाकारलाई राहत बितरण गरिएको कुरा संयोजक अर्जुन थापाले बताउनु भएको छ!
धन थापा दाइको सहयोगले जहिले पनि अप्ठ्यारो परिस्थिति सङ्ग लडन धेरै सहयोग गरेको कुरा राहत पाएपछी दृष्टिबिहिन कलाकार मित्र अधिकारीले बताएका छन, “कोही छैन भन्नेको भन्नेको भगवान हुन्छ, हाम्रो भगवान धन थापा दाइ पो हुनुहुदो रैछ” भन्दै अन्य सबै कलाकारहरु खुशी सहित भावुक बनेका छन !
समाज सेवामा समर्पित मनहरुलाई सहज र सुरक्षित तबरले राहत बितरण गर्ने ब्यबस्था सरकारको सम्बन्धित निकायले गरोस भन्ने सबैको चाहाना पनि रहेको छ !

प्रतिकृया दिनुहोस्