Thursday, June 17

देब बोहराको ‘‘मर्छु होला’’ भिडियो सार्बजनिक

May 14, 2021 243

 

एक साचो प्रेम गर्ने प्रेमी जोडी जो एक अर्काको जुन जीवन भर साथ बिताउने रमाउने चाहाना हुन्छ तर बाध्यता हरेक परिस्थिति का बाबजुद चाहेर पनि संगै हुन सक्दैनन् । अनि उसैको यादहरुको छालहरु बोकि बस्न बाध्य हुन्छन् पागल हुन्छन् साचो प्रेम गर्ने मान्छे आफ्नो प्रेमीको यादमा यो जोडी यस्तै एक कहानी बोकेको मर्म स्पर्शी गित हो । भर्खरै डि भि कृयशन मार्फत सार्बजनिक भएको मर्छु होला गित प्रेम कथामा आधारित गीत हो । सबैको प्रिय चर्चित लोक दोहरी गायक गोपाल जि एमको स्वरमा रहेको उक्त गित को शब्दरलय देब बोहराको रहेको छ । करिब १५० भन्दा बढी गितहरु रचना गरिसकेका देब बोहरा लामो समय देखि नेपाली संगीत क्षेत्रमा नायक तथा गीतकार का रुपमा परिचित छन । आफै म्युजिक भिडियो अभिनय गर्ने बोहराका भिडियोहरु डिभि कृयशन युटुब च्यानल मा हेर्न सकिन्छ । काठमाडौं चण्डेस्वरी मन्दिर लगायत टोखा विभिन्न ठाउमा छायाङ्कन गरिएको उक्त भिडियोमा देब बोहरा र बर्षा भन्डाराको दमदार अभिनय हेर्न सकिन्छ । भिडियोको निर्देशन तथा सम्पादन जीवन सेन्चुरीले गरेका हुन।

पुरा भिडियो यहाँ हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्