Tuesday, June 22

जिल्ला सहकारी संघ बाके द्वारा अस्थायी अक्सिजन बैंक संचालनमा आउदै

May 18, 2021 104

पछिल्लो चरणमा देश भरी कोरोनाका बिरामिको दिनानुदिन संक्रमीत ले अस्पताल भरी भराउ छन् । बाके जिल्ला पनि कोरोना बिरामीको अवस्था दिनानुदिन थपिदै गएका कारण अस्पताल भरी भराउ भएका छन् । कोरोना संक्रमण दर न्यून गर्न लक डाउन जारी छ । यद्यपि लक डाउनकै कारण पहिलेको तुलनामा अहिले कोरोना संक्रमीतहरु निको हुने हुने दर बढीरहेको छ भने संक्रमण दर कम हुँदै गएको छ । कोरोना बिरामिलाई अक्सिजनको अभाव लाई मध्यनजर गर्दै जिल्ला सहकारी संघ बाकेले अस्थायी अक्सिजन बैंक संचालन गर्ने जनाएको छ ।

आज बसेको जिल्लाका सहकारी अभियानको संयुक्त भर्चुअल बैठकले १० बुँदे निर्णय गरेको संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले जानकारी दिए । संघले अक्सिजनको अभावलाई मध्यनजर गर्दै अस्थायी अक्सिजन बैंक संचालन गर्न समिति समेत बनाएको छ । अस्थायी अक्सिजन बैंक संचालन गर्न बिन्दा खरेलको संयोजकत्वमा विष्णु रिमाल र अम्बिका काफ्ले सदस्य रहेको समितिलाई जिम्मेवारी दिएको छ । निर्णयमा जिल्ला स्थित सम्पूर्ण सहकारी संघ, संस्था, सहकारी कर्मीहरुको सहयोगमा १५ लाख रुपैयाको विपत व्यवस्थापन कोष समेत स्थापना गर्ने निर्णय भएको जनाए । उक्त कार्य गर्न मिना सिग्देलको संयोजकत्वमा प्रकाश ज्ञवाली, बल बहादुर खड्का, एकता शाह र वसन्ती सुनार सदस्य रहेको समिति निर्माण गरेको छ ।

त्यसैगरी सबै सहकारी संघ संस्थाका संचालक तथा कर्मचारीहरुको म्यादी बिमा गर्ने गराउने निर्णय भएको जनाइएको छ । कोरोना संक्रिमत सदस्यहरुको उद्धार गर्न अस्थायी एम्बुलेन्स सेवा संचालन गर्न खड्क बहादुर वलीको संयोजकत्वमा लोकेन्द्र बहादुर चन्द र दिपक कुमार बि.सी. सदस्य रहेको उपसमिति पनि गठन गरेको छ ।

जिल्लाको सहकारीहरुको सहभागितामा विशिष्टिकृत संघ मोडेलमा अक्सिजन कम्पनी स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने गरी प्रेम प्रसाद सुवेदीको संयोजकत्वमा देव बहादुर के.सी., विजया धिताल, भुपेन्द्र अधिकारी र विष्णु रिमाल सदस्य रहेकोे उपसमिति गठन गर्ने निर्णय भएको जनाइएको छ । त्यसैगरी जिल्लाका स्थानिय तहसँग समन्वय गरी सहकारी कर्मीहरुलाई कोभिड विरुद्धको खोप लगाउन प्रबन्ध गर्ने जनाएको छ ।कोभिड संक्रमित सदस्यहरुलाई नेपालगंज मेडिकल कलेज, कोहलपुर अस्पताल र भेरी अञ्चल अस्पतालमा प्रविधिमा आधारित हेल्प डेस्क स्थापना गर्न पहल गर्ने निर्णय भएको जनाइएको छ ।

कृषि, उत्पादन, प्रशोधन तथा उपभोक्ता सहकारीहरुले स्वास्थ्य मापदण्ड पुरा गरी स्थानिय सरकार र प्रशासनको समन्वयमा नियमित कार्य संचालन गर्ने, बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुले भौगोलिक अवस्था र सदस्यको आवश्यकता अनुसार कार्य संचालन गर्ने र सदस्यहरु सँगको सम्बन्धलाई थप प्रगाढ बनाउन संघले अपिल गरेको छ । तरलता व्यवस्थापनको लागि जिल्ला सहकारी संघले प्रत्यक्ष सहयोग गर्ने साथै राष्ट्रिय सहकारी बैंक र नेफस्कूनलाई तरलता व्यवस्थापनको लागी अनुरोध गर्ने निर्णय भएको अध्यक्ष सुवेदीले बताए ।

त्यसैगरी जिल्लाको सबै स्थानिय तहहरुमा सम्पर्क व्यक्ति तोकिएको बताए । संक्रमित सदस्यहरुले बाँके जिल्ला भर प्रेम प्रसाद सुवेदी, बैजनाथ गाउँपालिका भर एकता शाह, नेपालगंज उपमहानगरपालिका र डुडुवा गाउँ पालिका कालागि प्रकाश ज्ञवाली, कोहलपुर नगरपालिकाका लागि बल बहादुर खड्का, ताेकीएकाे छ । त्यसैगरी राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका कालागि जमान सिंह वली, खजुरा गाउँपालिका कालागि खड्क बहादुर वली र जानकी गाउँपालिका कालागि नन्दकुमार गडरिया सम्पर्क व्यक्ति चयन गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्