Friday, June 25

नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको सहसचिवमा अमृता

May 24, 2021 75

 

नेपालगन्ज, नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको सहसचिवमा अधिवक्ता अमृता के सीलाई मनोनयन गरिएको छ । नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको आज आईतबार बसेको बैठकले अधिवक्ता केसीलाई सहसचिवमा मनोनयन गरेको हो । कार्यसमितिमा केसी एक मात्र महिला सदस्य हुन् ।

विधान अनुरुप कार्यसमिति सदस्य केसीको संयोजकत्वमा ५ सदस्सीय महिला शाखा गठन गरी उनलाई सहसचिवमा मनोनयन गरिएको नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए। उहाँका अनुसार नेपाल बार एशोसियसनको विधानको दफा २५ को उपदफा (२) को (ग) र दफा २७ मा भएको व्यवस्था बमोजिम कार्यसमितिको दोस्रो बैठकबाटै उनलाई सहसचिवको जिम्मेवारी दिएको हो ।

केसीको संयोजकमा गठन गरीएको महिला शाखामा सदस्यहरु सुनिता शर्मा,कुशुमा सुवेदी,देवीमाया खत्री र शान्ता पोख्रेल रहेका छन् । यसैबिच नेपालगन्ज उच्च अदालत बार एशोसिएसनले कोरोना संक्रमति कानून व्यवसायीहरुलाई सहयोग गर्नका लागि कार्यसमितिका सचिव पदम पाण्डेको संयोजकत्वमा ३ सदस्यीय सहयोग परिचालन समिति गठन गरिएको छ । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्टबाट कानून व्यवसायीहरु समेत संक्रमित भई केहिले ज्यान समेत गुमाईसकेको अवस्थामा उनीहरुलाई सहयोग स्वरुप आर्थिक रकम संकलन गर्ने र वितरण गर्न उक्त समिति बनाईएको हो । यस समितिले आफ्नो कार्य सुरु गरिसकेको छ ।

आर्थिक परिचालन समितिका संयोजक पाण्डेले कोरोना संक्रमित कानून व्यवसायीलाई आर्थिक सहयोग गर्न सहयोगीमनहरुलाई आव्हान समेत गर्नुभएको । नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको बैठकले कोरोना संक्रमण भई ज्यान गुमाएका वरिष्ठ अधिवक्ता आनन्दप्रसाद श्रेष्ठ, अधिवक्ता प्रमोदकुमार अग्रवाल र कोराना संक्रमणका कारण आफन्त गुमाएका कानून व्यवसायीहरुका आफन्तहरुप्रति गहिरो समवेदना प्रकट गर्दै शोक प्रस्ताप पारित गरेको छ ।

प्रतिकृया दिनुहोस्