Saturday, January 22
Shadow

नेकपा एमाले कोहलपुर १ को इन्चार्जमा रुद्र खनाल मनोनित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोहलपुर १ को इन्चार्ज तथा राष्ट्रिय किसान महासंघ बाँके को सह इन्चार्जमा रुद्र खनाल मनोनीत भएका छन् । लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा संघर्षरत युवा चलचित्र निर्मार्ता देखी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बिगत १३ वर्ष देखी एक जागरुप युवाका रुपमा आफ्नो परिचय स्थापित गर्दै आएका छन । खनालले बिगत लामो समय देखि नै विभिन्न क्षेत्रमा रहेर पनि युवा जागरुपता र समाज प्रति एक जीम्मेवार युवा रहेर काम गर्दै आएका थिए । र हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोहलपुर वड़ा नं. १ को इन्चार्ज तथा राष्ट्रीय किसान महासंघ बाँके को सहइन्चार्ज मनोनीत भएका छन । खनाल यस अगाडी पार्टी क्षेत्रीय कमिटी सचिवालय सदस्य हुँदै युवा किसान संघको केन्द्रिय सदस्य , युवा किसान संघ बाके बर्दिया इन्चार्ज ,किसान महासंघ बाके जिल्ला उपाध्यक्ष समेत रहि आफ्नो कुशल जिम्मेवारी निभाउदै बिशेष गरि युवा पिढिमा आफ्नो लोक प्रियता कायम राखेका छन् ।। खनाल आपत बिपतमा सधै अग्रसरतामा देखाउने सहयोगी र मनकारी नेता हुन् । आगामी दिनहरुमा पनि युवा पुस्ता र समाजमा सकारात्मक परिवर्तन का निमित्त अग्रसर रहेका कार्य गर्ने खनालले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *