Friday, June 25

शेर बहादुर डिसी को निर्देशनमा “ सम्बन्धमा संका “ भिडियो सहित ।

March 3, 2021 410

नेपाली लोक गीत संगीतको क्षेत्रमा वियोगान्त भावका गीतहरुमा सफल मानिएकी गायिका  सम्झना भणडारी र गायक  पोषण डागीको आवाजमा रहेको ”सम्बन्धमा संका ” गीतको भिडियो डिजिटल बजारमा रोज ०७७/२४ गते शुक्रबार दिउसो  ३ बजे  सार्वजनिक हुने  भएको छ ।

माया र प्रेममा धोका पाएका प्रेमी विचको पिडालाई गीतमा समावेश गरिएको छ ।पोषण डागीको को शब्द तथा लय सिर्जना रहेको छ । मायामा घात हुदाको पिडालाई मनमा रोपिएको पिडालाई गीतको माध्यमबाट ब्यक्त गर्न खोजिएको  छ ।

सुशील डागीको छायाँकन , निराजन के सीको सम्पादन तथा शेर बहादुर डिसी निर्देशन भिडियोमा रहेको छ । ” सम्बन्धमा संका” गीतको भिडियोमा शेर बहादुर डिसी ,सारीका के सी, राजन छडीयाल ,

पुरुषोत्तम आचार्य ,रीता आचार्य ,आइन्शा आचार्यको ,बिनोद लुहाङ लगायतको शसक्त अभिनय रहेको छ ।
”सम्बन्धमा संका” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/channel/UCdftILX4-jQzY_0WU0FRtFA/videos

प्रतिकृया दिनुहोस्