Friday, June 25

अब यथासिघ्र राजनीतिबाट यस्ता पात्र र प्रवृतिको अवसान हुन जरुरी छ ।

March 4, 2021 209

राजनिती भनेको प्रमुख नीति हो,राजनीति आफैंमा संस्कार हो,अनुशासन हो । तर पछिल्लो समय राजनिती अत्यन्तै फोहोरी बनिरहेको छ । यहाँ राजनीतिको नाममा नाङ्गो नाच प्रदर्शन भइरहेको छ । चरित्र र नैतिकता गुमाउने कुनै पनि व्यक्तिलाई राजनीतिको नेता मान्न सकिदैन अब ।

अचेल आफ्नो अभिष्ट पूरा गर्न र कुर्सी हत्याउनका लागि शिर्ष नेताहरु नै जनतालाइ बटुलेर जथाभावी छाडा र अश्लील अभिव्यक्ति दिदै भाषणको नाममा चटक देखाउन व्यस्त छन् । यहिक्रममा बौद्धिक कहलिएका एकजना नेता रघुजी पन्तले त व्यक्ति नै किटान गरेर हाम्री चेली कोमल ओलीको अस्मितामाथी धावा नै बोल्न भ्याए । हाउभाउ सहित साङ्केतिक रुपमा के के अङ्गको नाम लिएर पुर्ण अश्लील आशयका साथ हिंसात्मक शैलीमा चरीत्र हत्या गरेका छन् उनले ।

त्यो कार्य अत्यन्तै खेदजनक र आपत्तिजनक छ । अब यथासिघ्र राजनीतिबाट यस्ता पात्र र प्रवृतिको अवसान हुन जरुरी छ । कोमल ओली त आफैमा एक सफल र विद्वान व्यक्ति हो । संचार र संस्कृतीको पुर्ण जानकार व्यक्ती हो,आफैमा उहाँ एक राष्ट्रिय खेलाडी हो । राजनीती अब झोलेहरुको होइन सफल,विद्वान र विज्ञ व्यक्तिहरुको समुहबाट निर्देशित हुनुपर्छ जसका लागि कोमल ओली एक सक्षम र सबल पहिचान सहितको बोल्ड नाम हो । अगाडि बढ्नुहोस् दिदी शुभकामना छ धेरै धेरै ।

राजनिती भनेको प्रमुख नीति हो,राजनीति आफैंमा संस्कार हो,अनुशासन हो । तर पछिल्लो समय राजनिती अत्यन्तै फोहोरी बनिरहेको छ ।…

Posted by Shashi Sharma Majgaiya on Wednesday, 3 March 2021

प्रतिकृया दिनुहोस्