Tuesday, June 22

योगदान राष्ट्रको लागि बाके र बेटर बाके द्वारा निशुल्क मास्क बितरण

June 3, 2021 65

फाइल तस्वीर

योगदान राष्ट्रको लागि बाकेको आयोजनामा र बेटर बाके को सहकार्यमा कोहलपुर निशुल्क मास्क बितरण गरिएको छ। हरेक दिनकि ३ बजे देखि ५ बजे सम्म सन्चालन गरिने हेल्प डेस्क मा पैदल यात्री ,अटो चालक जस्ले मास्क लगाएको छैन उनी हरुलाई बितरण गरिने बताईएको छ । हुनेले दिउ नहुनेले लिउ भन्ने मुल नारा राखिएको मास्क बितरण को हेल्प डेस्क कार्यक्रमको बिधिवत रुपमा उधोग बानिज्य संघ केन्द्रिय अध्यक्ष एबम कोहलपुर उधोग बाणिज्य संघ का निवर्तमान अध्यक्ष चक्र अधिकारीले उद्घाटन गर्दै युवा हरुले गरेको निशुल्क मास्क बितरण कार्यक्रम निकै राम्रो कार्य भएको बताउनु हुँदै अब युवाहरुले खोपको बिषयमा विशेष प्राथमिकता दिनु पर्ने र कोभिड नलाग्दै सजगता अपनाउनु पर्ने मास्क ,सेनिटाईजर प्रयोग गर्ने ,साबुन पानीले हात दिनु पर्ने कार्य सबैले चेतना दिईरहेको तर कोभिड संक्रमण भए पछि को साबधानी खान पिन देखि लिएर सर सफाइको बारेमा चेतना दिन जरुरी भएको बताउनु भयो ।

पछिल्लो चरणमा युवा पुस्ताको बढी कोरोना संक्रमणका ज्यान गएको छ । युवाहरुले कोरोनालाई जित्ने भन्दै बढी मात्रामा मसाला युक्त खाना जुस बढी मात्रामा लिनाले पनि ज्यान गएकाले कोभिड भए पछिको कसरी बच्न सकिन्छ त्यो बिषयमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिय त्यस्तै उधोग बानिज्य केन्द्रिय संघले ब्यापारिको लागि करिब ४० लाख डोज खोप ल्याउने पहल भैइरहेको जानकारी समेत गराएका थिए ।

त्यस्तै कार्यक्रममा बिशिस्ट अथिती कोहलपुर नगरपालिका प्रबक्ता एबम कोहलपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष माधब रिजालले युवाहरुको गर्न लागेको सो काम काम लाई धन्यवाद दिनु हुँदै सरकारको मात्र मुख नताकी हुनेले नहुनेलाई दिएरं मानबिय सेवामा अग्रसरता देखाई अफ्ट्यारोमा परेकालाई सहयोग गर्न अनुरोध गरे।

कार्यक्रममा अथिती कोहलपुर उधोग बाणिज्य संघ का उपाध्यक्ष सङिता सुबेदी,कोहलपुर ईलाका प्रमुख रहेका थिए । योगदान रास्ट्रको प्रदेश ५ बाके टिमका पदाअधिकारी ,बेटर बाकेका पदाअधिकारी को सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको कार्यक्रम बेटर बाकेका अध्यक्ष राजु चन्द ठकुरीको सभा अध्यक्षतामा सप्पन्न कार्यक्रम को सहजीकरण योगदान रास्ट्रका लागि बाके अध्यक्ष प्रकाश कुवर ले गरेका थिए ।

प्रतिकृया दिनुहोस्