Tuesday, June 22

विश्व वातावरण दिवसको अवसरमा बेटर बाके र कोहलपुर ग्यालरी द्वारा अघैया आर्याघाटमा सरसफाई कार्यक्रम सम्पन्न

June 5, 2021 66

 

कोरोना महामारीमा पछिल्लो समयमा बेटर बाकेले प्रत्यक्ष रुपमा मानवीय सेवामा तत्परता देखाईरहेको छ ।आज विश्व बाताबरण दिवस पारेर विभिन्न कार्यक्रम गरि हरेक ठाउँमा मनाई रहदा बाकेको राप्ती सोनारी गाउपालिकाको अगैया आर्यघाटमा सरसफाई कार्यक्रम गरिएको छ।

बेटर बाके र कोहलपुर ग्यालरीको आयोजनामा विश्व वातावरण दिवस को अवसरमा बाकेको राप्ती सोनारि गाउँ पालिकाको अगैया आर्यघाटमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

कोराना महामारीका कारण दिन प्रती दिन अगैया आर्यघाट लासको अन्तेस्टि गरिने र उक्त कार्यले वरपरको वातावरण फोहोरमय भएको अवस्थालाई मध्यनजर गर्दै राप्ती सोनारि गाउँपालिका उपाध्यक्ष धनि कुमारि खत्रिको उपस्थितिमा बेटर बाके को टिम र कोहलपुर ग्यालरीको टिमले सयुक्त रुपमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको बेटर बाकेका अध्यक्ष राजु चन्द ठकुरिले बताए ।

उक्त सर सफाई कार्यक्रममा आर्यघाट व्यवस्थापन समिति का अध्यक्ष लगायत बेटर बाके टिम र कोहलपुर ग्यालरि टिमको उपस्थिति रहेको थियो । त्यस्तै योगदान राष्ट्रका लागि संग सहकार्य गरि बेटर बाकेले सर्बसाधारणलाई तीन दिन देखि कोहलपुर चौराहामा निशुल्क मास्क बितरण गरि रहेको छ ।

मास्कलाई कसरी लगाउने र प्रयोग गरिसकेको मास्क कसरी डिस्पोज गर्ने सिकाउदै आज १५०० मास्क बितरण गरिएको अध्यक्ष चन्द ले बताए ।

फाईल तस्वीर

प्रतिकृया दिनुहोस्