Thursday, June 17

६,६३६ जना संक्रमणमुक्त, ३,४७९ जनामा संक्रमण

June 6, 2021 32

२३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७३१, भक्तपुरमा २५४ र ललितपुरमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्