Friday, June 25

ह्यारी र मेगनद्वारा राजपरिवारमाथि गम्भीर आरोप, रङकै कारण छोराबाट राजकीय पदवी खोसिएको भनाइ

March 8, 2021 105

एजेन्सी । बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मार्कलले राजपरिवारमाथि गम्भीर आरोप लगाउनुभएको छ ।

अमेरिकी टेलिभिजन नेटवर्क सिबिएससँगको अन्तर्वार्तामा मेगनले राजपरिवारका सदस्यले आफ्नो सन्तान (आर्ची) नजन्मिदै छालाको रंगलाई लिएर चासो व्यक्त गरेको आरोप लगाउनुभएको छ । रङकै आर्चीबाट राजकीय पदवी खोस्ने गरी नियम परिवर्तन गरिएको मेगनको आरोप छ ।

राजकुमार ह्यारीले आफूहरूको सम्बन्धको सुरुदेखि नै सन्तानको रंगलाई लिएर केही कुरा भएको तर त्यसबारे विस्तृतमा नबोल्ने बताउनुभयो । तर आफ्नो परिवारले रंगभेदविरुद्ध समर्थन देखाउने मौका गुमाएको देख्दा दुःख लागेको ह्यारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्