Friday, June 25

बानेश्वरमा क्रेनको सहायताले आकाशे पुल राखिँदै

June 9, 2021 41

२६ जेठ,  काठमाडौं । नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण अन्तिम चरणमा पुगेको छ । भुइँमा तयार पारिएको आकाशेपुल बुधबार जडान गर्न लागिएको छ ।

नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामाथि राख्न लागिएको हो ।

सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरिएको हो । यो आकाशेपुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान सकिने खालको छ ।

प्रतिकृया दिनुहोस्