Monday, August 2

नीति तथा कार्यक्रम पास गर्न मुख्यमन्त्री पौडेल र अष्टलक्ष्मीको संयुक्त निर्देशन

June 12, 2021 58

२९ जेठ, हेटौंडा । बागमती प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम पास गर्न एमाले एकढिक्का भएको छ ।

शनिबार बिहान नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न पार्टीका प्रदेश सभा सांसदहरुलाई निर्देशन दिएका हुन् ।

नेतृ अष्टलक्ष्मी शाक्य निकट प्रदेश सभा सदस्य मुनु सिग्देलले बागमतीको नीति तथा कार्यक्रम पास गर्न बहुमत सदस्य रहेको एमाले एक ढिक्का हुने बताइन् ।

शाक्यले संसदीय दलको बैठकमा बागमती प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको दलका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए ।

नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा एमालेका दुवै पक्षका सांसदहरु सहभागी भएका थिए ।

नीति तथा कार्यक्रम आज बागमती प्रदेशमा निर्णायर्थ पेश हुँदैछ । बैठकले प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै रेकर्डबाट हटाएर लिखित रुपमा माफी माग्नुपर्ने निष्कर्ष निकालेको निरौलाले बताए ।

प्रतिकृया दिनुहोस्