Thursday, June 17

काजल गुरुङ्ग र अर्जुन थापाले धमाका मच्चाउदै ।

March 9, 2021 110

ठामडाडा युवा कल्ब शुक्लागन्डकी नगरपालिका ११ तनहुँले शिवरात्रीको अबसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनल खेलको दिन २७ गते राष्ट्रिय कलाकार हरु सङ्गै बिबिध साङ्गितिक कार्यक्रम गर्ने भएको छ!
चर्चित स्टेज गायीका तथा नायीका को रुपमा परिचित सुन्दरी गायिका काजल गुरुङ्ग सङ्गै गायक अनी पछिल्लो समयका ब्यस्त एरेन्जर अनि म्युजिक भिडियोका निर्देशक अर्जुन थापा मगरले आफ्ना प्रस्तुतिहरु राख्ने कार्यक्रम रहेको कुरा क्लबका अध्यक्ष लेख बहादुर रानाले बताउनु भएको छ!

प्रतिस्पर्धात्मक रुपमा अगाडी बढीरहेको भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद रु ४००००/,दितिय स्थान हासिल गर्ने टिमले रु २५०००/ तृतियले रु १००००/ शिल मेडल प्रमाणपत्र प्राप्त गर्ने कुरा क्लबका भुपु सदस्य राजु रानाले बताउनु भयो!
शिवरात्री मेलामा मनोरञ्जन लिनको लागि आयोजकले सबैलाई निमन्त्रणा गरेको छ !!

प्रतिकृया दिनुहोस्