Monday, August 2

एक सातामै तोडियो बेलिङहमको कीर्तिमान, क्यास्पर बने युरोकपमा सबैभन्दा कान्छो खेलाडी

June 20, 2021 83

६ असार, काठमाडौं । पोल्याण्डका क्यास्पर कोलोस्की युरोकप फुटबल खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । युरोकपको ११ देशमा आयोजना भइरहेको १६औं संस्करण अन्तर्गत शनिबार राति  भएको स्पेन विरुद्धको खेल खेल्दै उनले कीर्तिमान बनाएका हुन् ।

५५औं मिनेटमा माथेउज क्लिजको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दा उनको उमेर १७ वर्ष २४६ दिन थियो ।

क साता अघि मात्रै इंग्ल्याण्डका जुड बेलिङहमले युरोकप खल्ने कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए ।

तर एक सातामै क्यास्पर त्यो कीर्तिमनन तोडे । क्यास्पर यस युरोकपको सबैभन्दा कान्छा खेलाडीसमेत हुन् ।

बेलिङहमल १७ वर्ष ३४९ दिन हुँदा क्रोएसियाविरुद्ध वैकल्पिक खेलाडीको रुपमा खेल्दै त्यो कीर्तिमान बनाएका थिए । उनले नेदरल्याड्सका जेट्रो विलेम्सको कीर्तिमान तोडेका थिए ।

प्रतिकृया दिनुहोस्