Monday, August 2

सफलता तिर कलाकार रमेश राना मगर

July 7, 2021 139

हरेक मान्छेको सफलताको पछाडी संघर्षको कथा लुकेको हुन्छ ! केही प्राप्तीको लागि बलिदानी आवश्यक हुन्छ नै ! नेपाली लोकदोहोरी गितको बजार अत्यन्तै प्रतिषप्रधात्मक र ठूलो बन्दै गएको छ, साथै यसको व्यवस्थापनमा चुनौती पनि बढ्दै गइरहेको छ! यही ब्यापकता भित्र संघर्ष गर्दै गरेका कलाकार हुन रमेश राना मगर ! लोक सङ्गितको उर्वर भुमिको रुपमा चिनीने स्याङ्जा जिल्लाको हरिनाश गाउँपालीका देउरालीमा जन्मेका सर्जक तथा गायक हुन रमेश राना मगर ! गाउँ घरमै बज्ने मादलको ताल रोधीका भाकाहरु नै सिकाइको प्रमुख केन्द्र मान्ने रमेश राना मगरले पहिलो पटक आफ्नो सालैज्यु गित “स्याङ्जाली ठिटो ” आफ्नै गाउँ देउरालीमा पुगेरै छायांकन गरे ! धेरैले रुचाएको सालैज्यु गित भन्दा अगाडी नै राजु परियारको आवाजमा रमेशले मर्मस्पर्शी भाका ” आँसु आमाको ” रेकर्ड गराएका थिए ! त्यसपछि करिब १ दर्जन गितमा शब्द कोरेका रमेश राना मगरले अहिले पछिल्लो क्रममा ” मनले केही माग्दैन” नामक अर्को गितमा अत्यन्तै मीठो शब्द कोरेका छन ! भबिष्यमा लोक सङ्गितमै रहेर धेरै गर्न बाकी रहेको बताउने रमेश अहिले रोजगारीको लागि युएई मा छन, परदेशमा रहेर पनि निरन्तर आफ्नोपन आफ्नो माटो अनि आफ्नो सस्कृतिलाइ माया गर्दै नेपाली लोक सङ्गितको बाटो हिड्ने रमेशको प्रण धेरै हद सम्म सफल बनोस!
For Detail Watch out this latest video
https://youtu.be/OA40TgnPFP4

प्रतिकृया दिनुहोस्