Monday, August 2

संसद अधिवेशन शुरु हुनु अघि सांसदहरुको कोरोना परीक्षण (फोटो फिचर)

July 16, 2021 37

१ साउन, काठमाडौं । संसद अधिवेशन शुरु हुनु अघि सांसदहरुको कोरोना परीक्षण गरिएको छ । यही साउन ३ गते संसदको अधिवेशन बोलाइएको छ ।

अधिवेशन शुरु हुनु अघि शुक्रबार संघीय संसद भवन परिसरमा सभामुख तथा सांसदहरुको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो ।

सर्वोच्च अदालतको फैसलाबाट असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना भएपछि साउन ३ गते बैठक बस्न लागेको हो ।

प्रतिकृया दिनुहोस्