Thursday, June 17

फोर्डको ईकोस्पोर्ट एसई सार्वजनिक, मूल्य ४७ लाख ५० हजार

March 11, 2021 277

काठमाडौँ – फोर्डले नयाँ संस्करणको ईकोस्पोर्ट एसई Ford EcoSport SE गाडी सार्वजनिक गरेको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार निर्धारण गरिएको छ । छनोटको विस्तार र ग्राहकको चाहना र महत्वलाई विशेष ध्यानमा राखेर ल्याइएको कम्पनीले जनाएको छ ।

फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाईन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिईएको छ ।

यसमा पछाडि राखिने जगेडा चक्का रहने छैन । ‘ग्राहकहरू धेरै भन्दा धेरै विश्वव्यापी डिजाईन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्धितिय वस्तुको चाहना राख्छन्, जस्तो कि ईकोस्पोर्ट,’ फोर्ड ईन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड ईकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क–३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाईमा पुर्‍याउनेछ ।’

नयाँ सुरुचिपूर्ण डिजाईन भएको टेलगेट, ड्युअ टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन आकर्षक बनाईएको छ ।

यसका अलावा यस विशेष संस्करणको ईकोस्पोर्टमा बोल्ड लुक्स र ग्रील, १६ ईन्च एलोई व्हीलस्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ, जसले एसयुभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ ।

ईकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पंचर मर्मत गर्न सकिने सुविधा प्रदान गर्नेे छ ।

प्रतिकृया दिनुहोस्