Monday, January 17
Shadow

” कुशल बेलबासे र राधा गुरुङ्गको आवाजमा ‘धुलो उडाउने”

 

हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा तिजका गीतहरु धमाधम नेपाली साङ्गितिक बजारमा आइरहेका छन! तीजका गीतहरुमा मौलिकता हराएको हो कि भन्ने आभास भइरहदा यति बेला धौलागिरी इन्टरटेनमेन्टले ” धुलो उडाउने ” बोलको मौलिक तिज गीत बजारमा सार्वजनिक गरेको छ! धनकला बराल मगरको गीति कोसेलीमा कुशल बेलबासे र राधा गुरुङ्गको आवाज रहेको छ! अर्जुन थापाको लय/शब्द/एरेन्ज र निर्देशन रहेको गीत सुशील डागीले खिचेका छन भने निराजन के सी को सम्पादन रहेको छ ! धौलागिरी इन्टरटेनमेन्टले पछिल्लो समय विभिन्न गीत सङ्गितको प्रबर्द्धन सङ्गै समाजसेवामा भुमिका खेलिरहेको छ ! प्रबन्ध निर्देशक धन थापाका अनुसार धौलागिरी इन्टरटेनमेन्ट गीत सङ्गीत सङ्गै सामाजिक काममा कटिबद्ध भएर लाग्न चाहान्छ ! गीतको पूरा भिडियो :
https://youtu.be/aiQYtiTvToQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *