Friday, June 25

चोक-चोकमा कंक्रिटका सजावट : सीमित लाभ, असीमित हानि

April 18, 2021 44

५ वैशाख, काठमाडौं । शहरलाई सजाउन र बस्न योग्य बनाउन रूखबिरुवाको हरियाली अनिवार्य शर्त हो । तर, नेपालमा नगरोन्मुख गाउँ र शहरहरूका खुला क्षेत्रमा पनि कंक्रिट र फाइबरका संरचना ठड्याउने चलन बढेको छ । चोक र पार्कहरूमा रूखबिरुवा रोप्नेभन्दा कंक्रिट र फाइबरका झिल्के संरचना ठड्याउने ‘ट्रेन्ड’ नै चलेको छ ।

खुला पार्क बनाउन नसके पनि सडक छेउ र चोकहरूमा हरियाली प्रवर्द्धन गर्नुपर्ने बेला रोपेर हुर्काउन वा अन्यत्रबाट ल्याएर सार्न सकिने रूखबिरुवाहरूका समेत कंक्रिटका नमूना (मोनुमेन्ट) उभ्याउने क्रम बढ्दो छ । ‘पर्यटकीय गतिविधि बढाउन’ भइरहेको यस्तो लगानीले ‘कंक्रिटको जंगल’ बन्दै गरेका शहरहरूमा वातावरणीय तथा पर्यावरणीय क्षति थपिंदैछ ।

वातावरणविद् भूषण तुलाधर यस्तो ‘ट्रेन्ड’बाट सीमित लाभ र असीमित हानि हुने बताउँछन् । पछिल्ला दिनमा चोकहरू सुन्दर बनाउन अप्राकृतिक किसिमको सौन्दर्यको सहारा लिने चलन देखिएको बताउँदै उनी भन्छन्, ‘शहर सुन्दर बनाउन प्राकृतिक वातावरणीय पद्धतिको साटो कंक्रिट र फाइबरको प्रयोग बढ्नु चिन्ताको विषय हो ।’

शहरभित्र हरियाली हुँदा प्रदूषण नियन्त्रणसहित मानव स्वास्थ्यलाई अनेक लाभ पुग्छ भन्ने नबुझेर यस्तो भएको उनको बुझाइ छ । गाउँ, बस्ती र शहरका खुला स्थानलाई प्राकृतिक सौन्दर्यकरण गर्ने चेतना, प्रतिबद्धता र सीपको अभाव देखिएको वातावरणविद् तुलाधर बताउँछन् ।

चोक र पार्कहरूको पहिचान र सुन्दरताका लागि रूखबिरुवा रोप्नुको साटो सिमेन्टका रूख र फलफूलका प्रतिमा बनाउने फेसन मेचीदेखि महाकालीसम्मै फैलँदो छ । सरकारी निकाय र स्थानीय तहले नै चोक, पार्कमा कंक्रिट र फाइबरका महँगा नमूना राखेर ‘पर्यटन प्रवर्द्धन’ गरिरहेका छन्

पूर्वदेखि पश्चिमसम्मको ‘फेसन’

 

पूर्वदेखि पश्चिमसम्मको ‘फेसन’

अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको संखुवासभाको मुडे बजारमा ठडिएको कंक्रिटको चाँपको रूख बनाउन मुडे नगरपालिकाले ३२ लाख रुपैयाँ खर्चिएको छ । चोकमा ठडिएको चाँपको रूखले न गर्मीमा छहारी दिन्छ न त हरियाली, केवल पर्यावरण बिगार्न सघाउँछ ।

सुनसरीको इनरूवाको सखुवागाछी चोकमा सखुवा नै नभएको भन्दै वडा कार्यालयले तीन वर्षअघि फाइबरको सखुवा उमार्‍यो । त्यसमा चित्त नबुझाएका स्थानीय युवाले फाइबरको सखुवा छेउमै सखुवाको बिरुवा रोपेर हुर्काउँदैछन् ।

प्रतिकृया दिनुहोस्