Monday, January 17
Shadow

अस्पतालबाहिर अक्सिजन ट्यांकर लिक हुदा भेन्टिलेटरमा रहेका २२ जना बिरामीको मृत्यु

नयाँदिल्ली भारतको महाराष्ट्र राज्यको नासिकको एउटा अस्पताल’मा अक्सिजन ट्यांकर चुहिँदा कम्तीमा २२ जना को’रो”ना संक्रमित बिरामी”को मृ त्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार नासिकको जाकिर हुसेन अस्पतालमा बुधबार बिहान अस्पतालको

बाहिर रहेको अक्सिजन ट्यांकर चुहिँदा करिब आधा घण्टा अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो । जसले गर्दा भेन्टिलेटरमा उपचार भइरहेका करिब १५० सिकिस्त बिरामीले आधा घण्टासम्म अक्सिजन पाएनन् । अक्सिजन

आपूर्ति अवरु’द्ध हुँदा तीमध्ये कम्तीमा २२ जनाको मृ-त्यु भएको भारतीय सञ्चारमाध्यमहरु’ले जनाएका छन् । अक्सिजन चुहिएपछि अस्पताल परिसर पूरै कुहिरीमण्डल बनेको दृश्य सार्वजनिक भएको छ । लामो प्रयासपछि प्राविधिकहरु चुहावट

रोक्न सफल भएका थिए । घटनालगत्तकै अक्सिजन आवश्यक सिकिस्त बिरामीहरुलाई तत्कालै अन्य अस्पतालमा सारिएको छ । घटनाका सम्बन्धमा महाराष्ट्र राज्य सरकारले छानबिन गर्ने भएको छ । भारतमा कोरोना संक्रमण तीव्र बनेसँगै

मुलुकभर अक्सिजनको हाहाकार मच्चिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा

बढी हो । संक्रमित संख्या दुई लाख नाघेको लगातार सातौँ दिन हो । त्यसैगरी संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि तीव्र बन्दै गएको छ । मंगलबार २ हजार २३ जनाको मृ त्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *