Tuesday, June 22

शेर बहादुर डि‍‌ सि को निर्देशनमा नयाँ भिडियो सार्वजनिक ।

April 23, 2021 45

 

 

 

शेर बहादुर देखीए म्यूजिक भिडियोमा´ गीतकार प्रकाश सुवेदीको शब्द सृजना, गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन र गायक शिव कुमार चौधरीको स्वरमा रहेको `दोबाटोमा देखेर नि नबोलाउने साथी तिमी´ गीतको भिडियोमा मध्य पश्चिमका शेर बहादुर डिसी कलाकारका रुपमा देखिएका छन् । लामो समयदेखि काठमाडौंको अनामनगरमा प्रोडक्सन हाउस चलाउँदै, विभिन्न श्रव्य/ दृष्य सामग्री बनाउँदै र निर्देशन गर्दै अाएका शेर बहादुर यो भन्दा अगाडि पनि कालीगण्डकीको सेरोफेरो, नमस्ते काठमाण्डु, को अाफ्नो को पराई, बैगुनी माया, प्रहरी अनुरोध, समर्पण राष्ट्रका लागि जस्ता दर्जनौं टेलिसिरियल, दर्जनौं जनचेतनामूलक सामग्री लगाएत ५० भन्दा बढि म्यूजिक भिडियोमा अभिनय गर्दै अाएका छन्। स्वयं शेर बहादुरले नै निर्देशन गरेको गीतमा छायाङ्कन तथा सम्पादन सुशील डाँगी र कलर करेक्सन सौखिन तिमल्सिनाले गरेका छन् भने डिम्पल मञ्जिताले अभिनयमा साथ दिएकी छन्।

 

प्रतिकृया दिनुहोस्