Saturday, January 22
Shadow

दोबाटोमा देखेर…’ सार्वजनिक (भिडियोसहित

­

काठमाडौं,
 वैशाख ११ ।

                                                                                                                                    गीतकार प्रकाश सुवेदीको शब्द सृजना, गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन र गायक शिव कुमार चौधरीको स्वरमा रहेको ‘दोबाटोमा देखेर नि नबोलाउने साथी तिमी’ गीतको भिडियोमा मध्य पश्चिमका शेर बहादुर डिसी कलाकारका रुपमा देखिनु भएको छ ।

लामो समयदेखि काठमाडौंको

अनामनगरमा प्रोडक्सन हाउस चलाउँदै, विभिन्न श्रव्य/दृष्य सामग्री बनाउँदै र निर्देशन गर्दै आउनुभएका शेर बहादुर यो भन्दा अगाडि पनि कालीगण्डकीको सेरोफेरो, नमस्ते काठमाण्डु, को आफ्नो को पराई, बैगुनी माया, प्रहरी अनुरोध, समर्पण राष्ट्रका लागि जस्ता दर्जनौं टेलिसिरियल, दर्जनौं जनचेतनामूलक सामग्री लगाएत ५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गर्दै आउँनुभएको छ ।

स्वयम् शेर बहादुरले नै निर्देशन गरेको गीतमा छायाँकन तथा सम्पादन सुशील डाँगी र कलर करेक्सन सौखिन तिमल्सिनाले गर्नुभएको छ भने डिम्पल मञ्जिताले अभिनयमा साथ दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *