Friday, June 25

जिपले मोटरसाइकललाई ठ’क्कर दिदा छोराको मृ’त्यु, बाबु आमा घा’इते

April 25, 2021 129

पश्चिम दाङमा मंगलबार बेलुका भएको सवारी दू’र्घटनामा परि ८ बर्षे बालकको मृ’त्यु भएको छ । उनका आमा बुवा घा’इते भएका छन् । दू’र्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ८ बर्षीय बालक स्पर्ष आचार्यको मृ’त्यु भएको छ ।

उनका बुवा ३९ बर्षीय सुदीप आचार्य र आमा पार्वती आचार्य घा’इते भएका छन् ।घाइतेको अवस्था सामान्ने रहेको र उनीहरुको उपचार तुलसीपुरमै भइरहेको इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माले जानकारी दिए ।

आमा बुवाको बीचमा मोटरसाईकलमा स’वार स्पर्षको दू’र्घटना पछि टाउकोमा चो’ट लागेको थियो । उपचारका क्रममा उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मंगलवार बेलुका मृ’त्यु भएको थियो ।

बबई गाउँपालिका वडा नं. ६ पञ्चकुलेको वरालोमा सितापुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ५६०४ नम्बरको र विपरित दिशावाट आउँदै गरेको भे १ ज १००२ नम्बरको जीपले ठक्कर दिदा उक्त दू’र्घटना भएको हो । दू’र्घटना बेलुका साढे ५ बजेतिर भएको थियो । दू’र्घटनाको कारण ती’ब्र गतिलाई मानिएको छ ।

प्रतिकृया दिनुहोस्