Monday, January 17
Shadow

प्रेमीसँग मिलेर दाइको हत्या गरेको आरोपमा पक्राउ परिन् यी अभिनेत्री

काठमाडौं, १४ वैशाख ।भारतको कन्नाडा फिल्मकी अभिनेत्री शनाया कट्वे दाइको हत्या आरोपमा पक्राउ परेकी छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई प्रहरीले विहीबार पक्राउ गरेको हो। उनलाई अहिले हिरासतमा राखिएको छ।

आफ्नो प्रेम सम्बन्धलाई अस्वीकार गरेको आरोपमा कट्वेले प्रेमीसँग मिलेर दाइको हत्या गरेको आरोप लागेको छ। शनायाका दाइ ३२ वर्षीय राकेश कट्वेको केही दिनअघि हुबलीस्थित घरमै हत्या भएको थियो। हत्यापछि उनको शरिर र टाउको छुट्याएर अलग-अलग ठाउँमा फालिएको प्रहरीले जनाएको छ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा अरू चार जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा शनायाका प्रेमी पनि छन्। शनायाले सन् २०१८ मा ‘इदम प्रेमम जीवनम’ बाट कन्नाडा फिल्ममा डेब्यू गरेकी थिइन्। उनको ‘ओन्डु घन्टेया काठे’ फिल्म आउँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *