Monday, January 17
Shadow

यी २२ जिल्लामा थेग्नै नसक्ने गरी संक्रमण बढ्यो, : स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा जिल्लामा थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले सतर्क रहन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कंचनपुरमा संक्रमण उच्च दरमा फैलिरहेको छ।

‘यी जिल्लामा संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेको छ। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सबै दाजुभाई दिदी बहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ।’

जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशिल भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनुहुन हार्दिक अपिल छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *