Tuesday, June 22

कोरोना संक्रमण उच्च बिन्दुमा, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि

May 1, 2021 66

१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

शनिबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । जसमध्ये ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ४० हजार १०३ जना हाम आइसोलेसनमा रहेका छन् भने ३ हजार ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४०१ जनाको आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थप १ हजार २८७ जना निको भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ८२ हजार ३८२ जना पुगेको मन्त्रालयले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ४९५ जना काठमाडौं उपत्यकाका छन् ।

कहाँ कति थपिए संक्रमित

पछिल्लो २४ घण्टामा काटठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ तथा काभ्रेमा १०५ जना संक्रमित थपिएका छन् ।यसैगरी सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्