Friday, June 25

सोमबार नेपालभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि

May 10, 2021 66

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४११ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १७६२३को पिसिआर र ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो।  ती मध्ये काठमाडौं जिल्लाका २७७५ जना, ललितपुरका ५०५ जना र भक्तपुरका ३२७ जना छन्।

सो परीक्षणबाट नेपालभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, यसंक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ जना निको भइसकेका छन्।

 

काठमाडौं उपत्यकामा अहिले ३९ हजार ४६३ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा मात्रै २० हजार ७१ जना, भक्तपुरमा ४ हजार ११२ र ललितपुरमा ६ हजार २८० छन्।

संक्रमणबाट काठमाडौंका एक लाख १७ हजार ८२८ जना निको भइसकेका छन् । ललितपुरका १० हजार १६९ र ललितपुरका १८ हजार २६९ जना निको भइसकेका छन्।

प्रतिकृया दिनुहोस्