Saturday, January 22
Shadow

बलिउड कलाकारहरु पनि सहयोगका लागि अगाडी आउन थाले अभिनेता अजय देवगणले गरे को’रोना संक्रमितको उपचारका लागि कोभिड सेन्टर संचालन

एजेन्सी । अभिनेता अजय देवगणले को’रोना संक्रमितको उपचारका लागि कोभिड सेन्टर संचालन गरेका छन्। भारतमा को’रोना महामारीका रुपमा फैलिएपछि बलिउड कलाकारहरु पनि सहयोगका लागि अगाडी आउन थालेका छन्। जसमा अक्सिजन भेण्टिलेटर सहितको ब्यवस्था गरेर संक्रमितको उपचार गरिन्छ ।

अजयले पहिलो चरणमा मुम्बईका केही स्थानमा कोभिड केयर सेन्टर खोलेका छन् । जहाँ, बिरामीहरुले निःशुल्क सेवा पाउनेछन् । सेन्टरमा आइसियु, अक्सिजनदेखि लिएर भेन्टिलेटर सम्मको सुविधा भएको उनीहरुले बताएका छन्। उनले त्यसका लािग दादरस्थित एक पार्टी प्यालेस भाडामा लिएका थिए । त्यसैलाई उनले कोभिड केयर केन्द्र बनाएका हुन् । यस केन्द्रमा २० बेड, अक्सिजन, आइसियु र भेन्टिलेटरको सुविधा उपलब्ध छ ।

अस्पतालमा भर्ना भएका सं’क्रमितले पनि अक्सिजन नपाएको र उपचारका लागि वेड समेत उपलब्ध नभएको अवस्थामा अभिनेताहरु नै कोभिड उपचार सेन्टर स्थापनाको अभियानमा लागेका हुन् । उनको यो कामको भारतमा निकै प्रशसंसा भएपछि अभियानमा आनन्द पण्डित पनि जोडिएका छन् । भारतका विभिन्न स्थानमा को’रोना उपचार सेन्टर संचालन गर्ने योजना उनीहरुको छ ।

मुम्बईमा तीन वटा कोभिड केयर सेन्टर बनाउने र त्यहाँ वेडको संख्या पनि थप्दै जाने उनीहरुको योजना छ । यता अभिनेत्री अनुष्का शर्मा र उनका पति तथा भारतीय राष्ट्रिय क्रिकेट टिमका क्याप्टेश विराट कोहलीले पनि फण्ड स्थापना गरेर कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने घोषणा गरेका छन् । उनीहरुले वि’रामीको उपचारमा लाग्ने सबै खर्च पनि आफै बे’होर्ने घोषणा गरेका छन् ।

उनीहरुले आफुहरुले २ करोड रुपैया दान दिएका छन् भने ७ करोडको फण्ड निर्माण गर्ने बताएका छन् । त्यो रकम संक्रमितको उपचारका लागि अक्सिजन र उपकरणमा खर्च गर्ने उनीहरुले बताएका छन्। सामाजिक सञ्जाल मार्फत फण्डमा पैसा जम्मा गर्न पनि उनीहरुले सबैलाई आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *