Saturday, January 22
Shadow

मन छुने एक काल्पनीक कथा ‘‘स्वर्गवासी चन्द्रमामा’’ – भुवन भट्टराई

कल्पना कार्की कोहलपुर ३, – देशका धेरै ठाउँमा यतिबेला लकडाउन जारी छ । दिनानु दिन कोरोना संक्रमीत संगै कोरोनाका कारण कति ज्यान गएको छ । कोरोनाकै कारण अस्थब्यस्थ बनेको छ हरेक क्षेत्रमा कोरोनाको असर परेको छ । त्यस्तै एक क्षेत्र पर्छ कलाकारिता पनि । यतिबेला कलाकार हरु पनि विभिन्न ठाउमा घर भित्र बस्न बाध्य छन । कोठा भित्र बसेर विभिन्न कार्यहरु गरिरहेका छ्न । यस्तै कार्यहरु गरि दर्शक स्रोतालाई हसाउने रमाउने दुख भुल्न सहयोग पुग्ने बाताबरण सृजना गरिरहेका छन त्यसै मध्य एक हुन कलाकार भुवन भट्टराई । भट्टराईले अघिल्लो पटकको पहिलो चरणको कोरोनाको लहरमा आफैले सृजना एउटा काल्पनीक कथा ‘‘स्वर्गवासी चन्द्रमामा’’ गरेका थिए । भिभिन्न अन्लाईनमा उक्त कथा पढन पाईएको थियो भने सोही कथालाई यो पटक उनको आफ्नै स्वरमा वाचन गरि भट्टराईको आफ्नै युटुब च्यानलमा सुन्न पाईन्छ । कथामा मृत्यु पछि मानिस किन फर्किदैनन भन्ने काल्पनिक कुरा लाई आधार बनाएर लेखिएको कथा हो । जसमा मानिस मृत्यु पनि कुनै एउटा यस्तो ठाउमा पुग्छ जहाँ पुगेपछि उस्ले यस संसारका सम्पुर्ण कुरा बिर्सेर आफ्नै बेग्लै सुन्दर संसारमा रमाउन थाल्छ त्यसैले यस संसारमा बस्ने जिवित मानिसहरुले यो संसार छोडेर जानेहरु लाई सम्झेर रुनु हुदैन उस्ले बिर्सन सक्छ भनेहामी पनि बिर्सने कोसिस गर्नु पर्छ किनकी हामी बसेको संसारभन्दा उस्ले पाएको संसार अझै राम्रो छ भन्ने प्रेरणा दिन खोजिएको छ । डाईनामिक युथ कल्ब का अध्यक्ष समेत रहेका भट्टराई समाज सेवामा समेत उतिकै रुचि राख्छन । हाल काठमाडौंमा कलाकारिताकै शिलसिलामा संघर्ष गरिरहेएका भट्टराईले बजारमा आधा दर्जन गितमा आफ्नो सुमधुर आवाज दिई सकेका छन । भट्टराई आधुनिक अनि लोक देखी हरेक बिधाका गित गाउन सक्ने खुबी भएका गायक हुन । भट्टराई एक कुशल उद्दघोषक समेत हुन । काठमाडौं बसेर पनि बिभिन्न स्थानमा कार्यक्रम संचालकको भुमिका समेत जाने गरेका छन । त्यस्तै अभिनयमा पनि उतिकै पोख्त भट्टराइ बिगतमा विभिन्न जनचेतना मुलक सडक नाटक समेत प्रदर्सन गर्ने भट्टराई समग्र इन्टरटेमेन्ट मा झम्के गुलेलि टेलि सिरियल मा पन्डितको भुमिकामा हेर्न सकिन्छ ।

कथा सुन्नको लागी यो Link मा Click गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *