Friday, June 18

चर्चित लोकदोहरी गायिका बबिता बानिया जेरिको नयाँ गित चरी चुया सार्बजनिक

May 12, 2021 26

 

भुवन भट्टराई –चर्चित लोक दोहरी गायिका बबिता बानिया जेरिको नयाँ गित चरी चुया सार्बजनिक भएको छ । बबिता बानिया जेरिकै युटुब च्यानल मा हेर्न सकिने उक्त गितमा स्वर बबिता बानिया जेरि, बिजय बानिया र अन्जु पुडासैनीको रहेको छ । गितमा शब्द बबिता बानिया जेरिकै रहेको छ भने लय विष्णु तामाङ्ग को रहेको छ । भिडियोमा अभिनय शंकर क्षेत्री, सरस्वती थापा, अन्जु पुडाशैनी, बिजय बानिया, बिमल पाठक र बिष्णु को रहेको छ । उक्त भिडियोमा माया प्रेमको बिछोडका मार्मिक कथा बोकेको देखाईएको छ । उक्त भिडियोको छायाङ्कन र सम्पादन शुसिल डागी ले गरेका हुन । एक अर्कालाई आखाले देखेको सवै सत्य हुदैन भन्ने कुरालाई जोडिएको भिडियोको मा देख्न सकिन्छ । उक्त भिडियोको निर्देशन भने चर्चित हास्य कलाकार तथा नृत्य निर्देशक प्रकाश कडेल गुलेली कान्छाले गरेका हुन् ।

भिडियो हेर्न तल दिएको  Link मा Click गर्नुहोला ।

प्रतिकृया दिनुहोस्